पपुवा न्युगिनीविरुद्ध नेपाल : कप्तान ज्ञानेन्द्र ६ रनमा आउट — OSNepal

पपुवा न्युगिनीविरुद्ध नेपाल : कप्तान ज्ञानेन्द्र ६ रनमा आउट

LC (KTM) September 07, 2021 0

काठमाडौं, २२ भदौ -पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले तेस्रो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६० रनमा तेस्रो विकेट विकेट गुमाएको हो ।

तेस्रो ब्याटस्म्यानको रुपमा मैदान आएका कप्तान ज्ञानेन्द्र ६ रनमा आउट भएका हुन् । उनलाई डानियन रभुले विकेट किपर डोरिगोको हातबाट आउट गराए ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु धरापमा आउट गरे । यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए ।

नेपालको पाचौं ब्याटिङका रुपमा रोहितकुमार पौडेल शेख आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर