सन्दीपले खेले आज कमालको खेल, लिए व्यक्तिगत दोस्रो विकेट — OSNepal

सन्दीपले खेले आज कमालको खेल, लिए व्यक्तिगत दोस्रो विकेट

LC (KTM) September 07, 2021 0

काठमाडौं, २२ भदौ – पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ विकेट लिएका हुन् ।

सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । यससंँगै नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोब र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । कुशल मल्लले एक विकेट लिएका छन् ।

यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपनर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । बिक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११‍.५ औं ओभरमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२.५ औं ओभरमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १९ ओभरको खेल जारी रहँदा पिएनजीले ५ विकेट गुमाएर ८५ रन बनाएको छ ।

पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर