गए राति पहिरो खस्दा पाटन–पञ्चेश्वर सडक अवरुद्ध,बीच बाटोमै अलपत्र परे बिरामी — OSNepal

गए राति पहिरो खस्दा पाटन–पञ्चेश्वर सडक अवरुद्ध,बीच बाटोमै अलपत्र परे बिरामी

LC (KTM) September 07, 2021 0

लगातारको वर्षापछि पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेल्ुधरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने काम भइरहेको छ, पहिरो लगातार खसिरहेका कारण सडक खुलाउन समय लाग्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर