३६ घण्टाको अन्तरामा कोरोना संक्रमणबाट एकै घरका तीन दाजु भाइको भेरी अस्पताल मृत्यु, शोकमा डुब्यो गाउँ — OSNepal

३६ घण्टाको अन्तरामा कोरोना संक्रमणबाट एकै घरका तीन दाजु भाइको भेरी अस्पताल मृत्यु, शोकमा डुब्यो गाउँ

LC (KTM) May 20, 2021 0

काठमाडौ । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन ९सुनार मण्डी० का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व।नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए।

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोेडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो।

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ। २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्। छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्। चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ। चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मूल गेट छ। जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर