कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद अधिवेशनका बारेमा छलफल हुने — OSNepal

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद अधिवेशनका बारेमा छलफल हुने

LC (KTM) September 07, 2021 0

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि २३ गते बस्ने संसद अधिवेशनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७ औं दिन वितिसक्दा पनि मन्त्रिमण्डल र सचिवालयलाई पूर्णता दिन नसकिरहेको बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर