पहिराका कारण मुग्लिन–नौबिसे सडक दुइतर्फी अवरुद्ध — OSNepal

पहिराका कारण मुग्लिन–नौबिसे सडक दुइतर्फी अवरुद्ध

LC (KTM) September 07, 2021 0

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर