साथ गुमाउँदै ओली, नेकपा एमाले छोडेर माधव नेपालको पार्टीमा जानेको संख्या बढ्दो — OSNepal

साथ गुमाउँदै ओली, नेकपा एमाले छोडेर माधव नेपालको पार्टीमा जानेको संख्या बढ्दो

LC (KTM) September 07, 2021 0

मकवानपुर, २१ भदौ । नेकपा एमाले छोडेर मकवानपुरमा सोमबार मात्रै १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एक पालिकाका अध्यक्षसहित १० जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेहरूमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा(१ की सदस्य ईश्वरी कामी ९सुनार०, इन्द्रसरोबर गाउँपालिका वडा नम्बर(५ का अध्यक्ष धनराज महर्जन रहेका छन्। यस्तै थाहा नगरपालिका वडा नम्बर(११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर(५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर(५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिकाकी सदस्य दुर्गावती थोकर र मन्जु रुम्बाले एकीकृत समाजवादी रोजेका छन्।

यसअघि बिहीबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सखानत गरिसकेका छन् । योसँगै मकवानपुरमा आजसम्म ३५ जनाले एमाले परित्याग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर