जुम्लामा ओलीलाई ठुलो झट्का, सिंगो जिल्ला कमिटी एकीकृत समाजवादीमा — OSNepal

जुम्लामा ओलीलाई ठुलो झट्का, सिंगो जिल्ला कमिटी एकीकृत समाजवादीमा

LC (KTM) September 06, 2021 0

विजय रावत /जुम्ला – जुम्लामा एमालेलाई ठुलो झट्का लगेकाे छ । साे पार्टीको कुल जिल्ला कमिटी सदस्य मध्ये तीन जना बाहेक पुरै ६१ जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा पार्टीमा लगेपछि जुम्लामा अाेलीलाई ठुलो धक्का लागेको हाे । शनिबार नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर सिंगो जिल्ला समिति नै समाजवादी पार्टीमा रहेको जनाएको छ । नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन । धिर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले निस्काशन गरिसकेको थियो ।

यो संगै युवासंघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ,प्रध्यापक संघ,शिक्षक संगठन,निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादी तिरै रहेको एस पार्टीले जनाएको छ । जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा,उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्र विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला कमिटी समाजवादी पार्टीमा आइसकेको साे प्रेस विज्ञप्ति मार्फत उल्लेख गरिएको छ । विज्ञप्तिका अनुुसार कर्णाली प्रदेश सभा सदस्य तथा जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि र चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सनाखत गरिसकेकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा छन ।

केन्द्र देखि जिल्ला सम्म केपी ओली गुटमा बा प्रबृति हावी भएको,गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको विजारोपण भएको विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र एस पार्टीमा निर्वाचन अायाेग सुर्खेतमा पुगेर सनाखत गरेका प्रदेश सांसद पदम राेकायाले भन्नुभयो ,” केपी अाेलीको अाडम्बर,दम्भ ,घमण्ड र अहंकारका कारणले अाफु सहित सिंगो जिल्ला कमिटी एस पार्टीमा लगेको बताउनुभयो ।

२०७० र २०७४ सालको चुनावमा माधव कुमार नेपालको प्यानलबाट चुनाव लडेको बताउदै सांसद राेकायाले पहिले माओबादी केन्द्र संग पार्टी एकता गर्नु केपी ओलीको ठुलो भुल थियो ।एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यन्वयन इमान्दारीताका साथ कार्यन्वयन गर्नु पर्ने थियो । त्यो केपी ओलीले उलंघन गरे ।

हरेक बाडफाँडमा विभेद गर्न थाले । माधव नेपाल निकटलाई पेल्न थाले । विधि,पद्धति र प्रक्रिया मिच्न थाले । यो एकीकृत समाजबादी त्यसैको उपज रहेको बताउनुभयो ।तत्कालिन नेकपा एमालेका सचिव तथा हालका नेकपा एकीकृत समाजवादीका नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै वाहुल्यता रहेको बताउनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचन मा जुम्लाबाट तिला गाउँपालिकामात्र अध्यक्ष पदमा विजयी भएको थियो एमाले । अरु स्थानीय तहमा पराजित हुनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर