सुदूरपश्चिम प्रदेशमा आज कोरोना संक्रमणबाट एक जनाले पनि गुमाएनन् ज्यान — OSNepal

सुदूरपश्चिम प्रदेशमा आज कोरोना संक्रमणबाट एक जनाले पनि गुमाएनन् ज्यान

LC (KTM) September 06, 2021 0

सुदूरपश्चिम प्रदेशमा आज कोरोना संक्रमणबाट एक जनाले पनि गुमाएनन् ज्यान
सुदूरपश्चिममा प्रदेशमा आज थप ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण यस प्रदेशमा एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर सात जना सङ्क्रमणमुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर