कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने — OSNepal

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । आजको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने बताएको छ ।आजको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेसँगै समय निधारर्ण गरेको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछाने दिएको जानकारी अनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भनी पठाएको प्रस्ताव स्वीकृति भएको छ । अब अन्तिम तयारीका काम थालिने छ ।

विभागले दिएको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गरिने भएको छ ।

साथै गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक दिइएको पनि विधागका निर्देशक लामिछानेले जनाएका छन् । सबै सकिएसँगै मुल गणना भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर