काठमाडौं २१ भदौ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख घूस रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १४ नम्बर वडा सदस्य वसन्त महर्जन रहेका छन् । उनलाई घुस लिएको अवस्थामा कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनको लागि घुस मागेको उजुरी अख्तियारमा परेपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।