संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भन्ने सापकोटा जस्ता व्यक्ति सभामुखको कुर्सीमा विराजमान हुनु यो देशको दुर्भाग्य हो — OSNepal

संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भन्ने सापकोटा जस्ता व्यक्ति सभामुखको कुर्सीमा विराजमान हुनु यो देशको दुर्भाग्य हो

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २३ हुने भनिएको संसद चल्न नदिने भएको छ । संसद सभामुख अग्प्रिसाद सापकोटामाथि प्रश्न गर्ने भएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले षडयन्त्र गरेको आरोल लगाएका छन् । ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?’ कार्यक्रममा ओलीले सापकोटा प्रति लक्षित गर्दै भने ।

सभामुख भएपछि निष्पक्ष भुमिका निर्वाह गर्नु पर्नेमा गठवन्धनको प्यादा भएको आरोप लगाएका हुन् । संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भन्ने जस्ता व्यक्ति सभामुखको कुर्सीमा विराजमान हुनु दुर्भाग्य भएको समेत बताएका छन् ।

लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ? ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर