रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ? — OSNepal

रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल-नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले साेमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् ।

झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री (ओली) विरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भनेर प्रदर्शन गरेकी थिइन् । अहिले उनै झाँक्रीको दल नेकपा (एकीकृत समाजवादी) सम्मिलित सरकारले छिमेकी देशका राष्ट्रप्रमुखविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न आग्रह गरेका बेला ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिएका हुन् ।

‘आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकाेबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ,’ ओलीले भने ।

ओलीले त्यति बेला झाँक्रीले अश्लील, छाडा बोलेको भन्दै आक्रोश पोखे । ‘आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् ? ति दल, ति दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् ? हिजो त जसलाई जे पनि गाली गरेको छ । माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ । अहिले कहाँ छन् ?’ ओलीले प्रश्न गरे, ‘हिजो अधिनायकवाद र निरशंकुता भो रे । अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर