काठमाडौँ २१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई घरको बाघ वनको स्याल भनेका छन् ।
दार्चुला घटनाको विषयलाई लिएर सरकारले भारतसँग बोल्न नसकेको भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
आज राजधानीमा आयाजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकार ले भारतलाई थाहा दिन नसकेको आरोप लगाएका हुन् ।
सडकमा आएका युवाहरुलाई लाठी बर्साउने काम बहेक यो सरकारले केहि गर्न सक्देन भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।