देउवालाई उकासेर पछाडिबाट धकेलेर भीरबाट खसाल्ने योजनामा लागेका प्रचण्ड र नेपाललाई तह लगाछौं :बस्नेत — OSNepal

देउवालाई उकासेर पछाडिबाट धकेलेर भीरबाट खसाल्ने योजनामा लागेका प्रचण्ड र नेपाललाई तह लगाछौं :बस्नेत

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मापसे सरकार भनेका छन् ।

आज सोमबार आयोजित एक कार्यक्रममा यो सरकारले मापसे गतिविधि गरिरह्यो भने यसलाई तह लगाउनको निम्ति यो युवा पँक्ति सदैव तयार हुनुपर्ने समेत बताएका छन् ।

नागरिक समाज तथा बुद्धिजीवीहरुले समेत केपी ओली नै ठिक भएको खुलासा गरेका उनले ‘माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाको सरकार मापसे भएको बताएका छन् ।

‘सबै युवा साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रतिपक्षीमा भएकोले जतिसक्दो चाँडो निर्वाचन होस भन्ने चाहन्छौं । हामीले सुन्यौं, शेरबहादुर देउवाले आफ्नो प्रतिनिधि अध्यक्ष ओलीलाई भेट्न पठाउनुभयो, उहाँलाई त्यो महशुस गरेर लाग्नुभएको छ भने, उहाँले जतिसक्दो चाँडो एमालेको सहयोग लिएर चुनावमा जानुपर्छ ’ नेता बस्नेतले भने ।

देउवालाई उकासेर अघि सारी भीरबाट खसाल्ने दाउमा लागेका नेपाल र प्रचण्ड तह लागउन आफुहरुसित तागत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर