काठमाडौँ २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने खतरा भएको खुलासा गरेका छन् ।
आज सोमबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा नेम्वाङले यस्तो खुलासा गरेका हुन् ।
उनले सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकार नबन्नु खतराको संकेत भएको बताएका छन् ।‘ पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ’ नेम्वाङले भने ।
सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अवस्थामा सरकार रहेको बताएका उनले दोस्रो पटक संसद विघटन गर्नु पार्टी अध्यक्षको बाध्यता भएपनि सर्वोच्चले अचम्मकै फैसलाको गरेको समेत प्रतिक्रिया दिएका छन् ।