भारतमा कोरोनाले उग्र रुप लिईरहेका बेला भारतीय कलाकारले आफ्नो तर्फ बाट सक्दो आर्थिक सहयोग गरिरहेका छन् । यसैक्रममा दक्षिण भारतीय अभिनेता रजनी कान्तले पनि ठुलो आर्थिक सहयोग गरेका छन् ।रजनी कान्तले कोरोना संक्रमितलाई बचाउन अक्सिजनको व्यवस्था पर्न राज्य सरकारलाई ठूलो आर्थिक सहयोग गरेका हुन् । उनले कोरोना संक्रमितका लागि ५० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् ।
साउथ इण्डियामा भगवानको रुपमा दर्जा पाएका रजनी कान्तले तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई भेटेर आर्थिक सहयोग दिएका हुन् । उनले मुख्यमन्त्रीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।उनले दिइएको रकमबाट कोरोना संक्रमित बिरामीलाई अक्सिजन सिलिन्डर किनेर यथाशीघ्र अक्सिजन सेवा दिन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री स्टालिनले रजनी कान्त दक्षिण भारतका वास्तविक हिरो भएको बताएका छन् ।उनको यो सहयोगले यथाशीघ्र कोरोना संक्रमितलाई अक्सिजन सेवा दिइने पनि मुख्यमन्त्रीले बताएका छन् । उनले यसअघि पनि कोरोना संक्रमितहरु लाई सहयोग गरिरहेका छन् ।