नेता बस्नेतको आक्रोश : भदौ २३ पछि देख्नेछन्, सभामुख सहित सबैले प्रतिपक्ष कस्तो हुन्छ भनेर — OSNepal

नेता बस्नेतको आक्रोश : भदौ २३ पछि देख्नेछन्, सभामुख सहित सबैले प्रतिपक्ष कस्तो हुन्छ भनेर

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा नेता महेश बस्नेतले भदौ २३ पछि प्रतिपक्ष पार्टी कस्तो हुन्छ भनेर सबैले देख्ने बताएका छन् ।

आज आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा युवा संघको कार्यक्रमलाई सम्वोधन गदैं नेता बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सञ्चारमाध्यमले खोजिरहेको प्रतिपक्ष अब भदौ २३ पछि देखिन्छ उनले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिपक्षसँग सभामुख समेत भागेको बताएका उनले कस्तो हुन्छ प्रतिपक्ष सभामुखले समेत सदनमा देख्ने बताएका छन् ।

सभामुखलाई इंगित गर्दै उनले भने, ‘२३ गते तपाईसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ । त्यो दिन सदनमा प्रमुख प्रतिपक्ष देख्नुहुनेछ ।’

सभामुख अग्निप्रसाद सापकोटा अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता भएको हुनाले आफ्नो पार्टीको निणर्यलार्य अस्विकार गरेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर