गगन, विश्वप्रकाशपछि काँग्रेस महामन्त्रीमा अर्का युवा नेता प्रदीप पौडेलले उम्मेदवारी दिने — OSNepal

गगन, विश्वप्रकाशपछि काँग्रेस महामन्त्रीमा अर्का युवा नेता प्रदीप पौडेलले उम्मेदवारी दिने

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने ।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् ।

पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर