कुशल प्रशासकका रुपमा चिनिँदै आएका रिजाल अब काठमाडौंको सिडिओ हुँदै — OSNepal

कुशल प्रशासकका रुपमा चिनिँदै आएका रिजाल अब काठमाडौंको सिडिओ हुँदै

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन हुने भएको छ ।

विशेष स्रोतका अनुसार अहिलेका सिडीओ काली प्रसाद पराजुलीको स्थानमा गृह मन्त्रालयका प्रशासन महाशाखामा रहेका गोविन्द रिजाल आउने भएका छन् ।

आज ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले पराजुलीलाई प्रदेश कार्यालयमा सरुवा गर्ने प्रस्ताव राखिने भएको छ ।

रिजालसँग यस अघि पनि कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा सिडिओ भएर काम गरेको अनुभव रहेको छ ।

रिजालले विं.सं.२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटना भएपछि कैलालीमा थारू र पहाडी समुदायबीचको सम्बन्धमा सुधार ल्याउने काम गरेका थिए ।

जटिल परिस्थितिको सामना गर्न सक्ने कुशल प्रशासकका रुपमा चिनिँदै आएका रिजालले अब काठमाडौँको सिडिओ हुने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर