बल्खुको तरकारी बजारमा बागमती नदीले मच्चायो वितण्डता, तरकारी बजार अब तत्काल सञ्चालनमा नआउने — OSNepal

बल्खुको तरकारी बजारमा बागमती नदीले मच्चायो वितण्डता, तरकारी बजार अब तत्काल सञ्चालनमा नआउने

LC (KTM) September 06, 2021 0

काठमाडौँ २१ भदौ । गएरातिबाट पररेको अविरल वर्षाका कारण काठमाडौंस्थित बल्खुको तरकारी बजार डुबानमा परेको छ ।

करिब १ करोडको क्षति हुने गरि आएको बाढीले बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त बनाएको छ भने । बजार भित्र तीन फिट भन्दा माथि पानी जमेको छ ।

बाढीले कति पसल बगाए भन्ने पुर्ण विवरण भने आएको छैन । बाढी आएलगत्तै त्यहाँका मानिसलाई उद्धार गरिएको छ भने मानविय क्षतिको बारेमा भने आधिकारिक जानकारी अहिले सम्म आएको छैन । फोहोर बोक्ने एउटा कन्टेनर भने बाडीले बगाएको बताइएको छ ।

बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ । बिहान ३ बजेतिर परेको पानीले ४ः३० बजे पछि भने अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै छिेरर वितण्डता बच्चाएको थियो । अब तत्काल नै तरकारी बजार सञ्चालनमा नआउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर