वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर मन्दिर डुबानमा — OSNepal

वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर मन्दिर डुबानमा

LC (KTM) September 06, 2021 0

काठमाडौं । गएरातिबाट आएको अविरल वर्षाका कारण वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर मन्दिर पुरै डुबानमा परेको छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

भोली भादकृष्ण औँसीमा दिवंगत पितृका नाममा श्राद्ध गर्न आउने भक्तजनहरुलाई मन्दिरमुनिको चौर डुबानमा परेपछि समस्या परेको छ । साथै बाढीले यस क्षेत्रको सडकलाई पनि प्रभावित पारेको छ ।

जोरपाटी–सुन्दरीजल सडक पनि क्षतविक्षत भएको छ । अधिकाशं सडक पानीले भरिएको छ ।ठाउँठाउका गोकर्णमुनिको वाग्मती किनार क्षेत्र समेत डुबानमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर