विश्वकप छनोट : अर्मेनियाको पोष्टमा जर्मनले गर्‍याे आधा दर्जन गोल — OSNepal

विश्वकप छनोट : अर्मेनियाको पोष्टमा जर्मनले गर्‍याे आधा दर्जन गोल

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्काेडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्काे रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १-१ गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो । जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो । जितसँगै जर्मन समूह ‘जे’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट नाै अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचाै र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ ।

राति नै भएको समूह ‘जे’को अर्काे खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २-० गोल अन्तरले पराजित गर्‍याे । रोनानियाको जितमा एलिन टोस्का र क्रिष्टियन मानेयाले १-१ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर