विश्वकप छनोट : घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकाल्यो — OSNepal

विश्वकप छनोट : घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकाल्यो

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ । घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकालेको छ । विश्वकप छनोट तथा युरोपेली छनोट खेलको समूह ‘बी’ को खेलमा स्पेनले जर्जियाविरुद्ध ४-० गोल अन्तरले विजयी भएको हो ।

घरेलु मैदानमा स्पेनलाई जिताउने जोसे लुईस गाया, कार्लाेस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको लुईस इन्रिकेको टोलीले दोस्रो हाफमा १ गोल गर्‍याे।

जितसँगै समूह ‘बी’ मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ । पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ । समूहमा स्विडेनको तीन खेलबाट नाै अंक, कोसोभाको चार खेलबाट चार अंक र ग्रिसको तीन खेलबाट तीन अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

समूहको अर्काे खेलमा कोसोभा र ग्रिसले १-१ गोलको बराबरी खेल्दा एक-एक अंक बाँडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर