विश्वकप छनोट : कोरोना मापदण्ड उल्लंघन गरेको भन्दै ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित — OSNepal

विश्वकप छनोट : कोरोना मापदण्ड उल्लंघन गरेको भन्दै ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ । कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो ।

करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए ।

स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको बताएका छन् । हाल इंग्ल्याण्डबाट ब्राजिल प्रवेश गर्दा १४ दिनको क्वारेन्टिन व्यवस्था गरिएको छ । तर इंग्ल्याण्डको प्रिमियर लिग खेलिरहेका खेलाडी क्वारेन्टिनमा नबेसेको उनीहरूको आरोप छ ।

एस्टन भिल्लाका इमिलियानो बुएण्डिया र गोलरक्षक इलिमियानो मार्टिनेज तथा टोटनहमका जिओभानी लो सेल्सो र क्रिष्टिअन रोमेरो प्रिमियर लिगबाट फर्किएका हुन् । बएण्डिया बाहेक तीन खेलाडी प्लेइङ सेटमा रहेका थिए ।

अर्जेन्टिनी प्रशिक्षक र एफएले स्वास्थ्य मापदण्ड पूरा गरेर खेलाडी खेल्न तयार भएको बताएको छ ।

खेल स्थगित भएपछि रेफ्री, म्याचकमिस्नरले बुझाएको रिर्पाेर्ट अनुसार फिफाले आफ्नो कामकारबाही अगाडि बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर