जेसेले दुई गोल गरेपछि इंग्ल्याण्डले फिफा विश्वकप छनोटमा सहज जित निकाल्यो — OSNepal

जेसेले दुई गोल गरेपछि इंग्ल्याण्डले फिफा विश्वकप छनोटमा सहज जित निकाल्यो

LC (KTM) September 06, 2021 0

काठमाडौं, २१ भदौ । जेसे लिंगार्डले दुई गोल गरेपछि इंग्ल्याण्डले फिफा विश्वकप छनोटमा सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इंग्ल्याण्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डको जितमा जेसे लिंगार्डले दुई गोल तथा ह्यारी केन र बुकायो साकाले एक-एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । जितसँगै युरोेपेली छनोटको समूह ‘आई’बाट इंग्ल्याण्ड शीर्ष स्थानमा छ । पाँच खेल खेलेको इंग्ल्याण्डको १५ अंक छ । एन्डोरा भने पाँच खेलबाट तीन अंकसहित ५औँ स्थानमा छ ।

साेही समूहको अर्काे खेलमा अल्बानियाले हंगेरीलाई १-० गोल अन्तरले पराजित गरेकाे छ। खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्माण्डो ब्रोजाले गरेको गोलमा अल्बानिया विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर