काठमाडौं, २१ भदौ-काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन ।लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । लगातारको वर्षाका कारण तीन सय ८२ घर डुबानमा परेका छन् ।
एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।