नेपाली सेनाद्वारा सिमकोटमा वृक्षरोपण — OSNepal

नेपाली सेनाद्वारा सिमकोटमा वृक्षरोपण

LC (KTM) September 05, 2021 0

हुम्ला, २० भदौ -निजामती सेवा दिवसको अवसरमा हुम्लाको बराहदल गुल्म रानीवनले वृक्षरोपण गरेको छ ।वन सम्पदाको संरक्षण एवं जगेर्ना गर्दै वातावरणलाई दिगो योगदान दिने उद्देश्यका साथ बराहदल गुल्म रानीवनले उक्त कार्यक्रम गरेको थियो । सैनिक र नागरिकको सम्बन्धलाई प्रगाढ बनाई राख्ने भन्दै बृहत् वृक्षरोपण आयोजना गरिएको बराहदलका गुल्मपति गणेश खड्काले बताए ।

रानीवन व्यारेकभित्रको सार्वजनिक वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षरोपण कार्यक्रम गरेको थियो । उक्त वनमा विभिन्न जातका सल्ला र ओखरका बिरुवा रोपिएको गुल्मपति खड्काले जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दल रावल, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर