राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत — OSNepal

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

LC (KTM) September 05, 2021 0

काठमाडौं २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर