काठमाडौँ २० भदौ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएका छ ।
आज आइतबार दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो । यस भन्दा अघि बिहिबार भएको नेपाल र भारत मैत्रीपूर्ण फुटबल खेलमा १-१ गोलको बराबरी भएको थियो ।
आज भएको खेलमा दोस्रो हाफको ६१औं मिनेटमा फारुक चौधरीले गोल गरी टोलीलाई अग्रता दिएसँगै खेलमा भारतले जित हात पारेको छ ।
त्यस्तै गरी, नेपालको तर्फबाट ८६ औं मिनेटमा तेज तामाङले एक गोल गरेका थिए ।