नेपाल र भारतको फुटबल हेर्न निवर्तमान प्रम ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा — OSNepal

नेपाल र भारतको फुटबल हेर्न निवर्तमान प्रम ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा

LC (KTM) September 05, 2021 0

काठमाडौं, २० भदौ – दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरमा सकिएको हो ।

दुबै टोलीले अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर प्रशिक्षक अब्दुल्लाहले विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए । खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

नेपाली टिम : गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर