उपचारका क्रममा निधन भएकी तारादेवीकोशव हेलिकप्टर मार्फत बेनीमा लगिदै — OSNepal

उपचारका क्रममा निधन भएकी तारादेवीकोशव हेलिकप्टर मार्फत बेनीमा लगिदै

LC (KTM) September 05, 2021 0

पहिराले पर्वतसहित म्याग्दी, बागलुङ र मुस्ताङलाई जोड्ने सडक अवरुद्ध बनाएपछि काठमाडौँमा उपचारका क्रममा निधन भएकी तारादेवी गिरीको शव आइतबार हेलिकप्टरमार्फत बेनीमा अवतरण गरिँदै । पोखरा–बागलुङ राजमार्ग अवरुद्ध हुँदा चार जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

पार्वतीलाई स्वर्ण-नेपाल प्रहरीकी पार्वती गुरुङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन् । नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा उनले महिला एकलको १८–३५ वर्षमा ७.१३ अङ्क जोड्दै स्वर्ण पदक हात पारेकी हुन् ।

त्यस्तै आर्मीकी सिना मादेनले दोस्रो स्थान हात पारिन । सिनाले ६.८४ अङ्क जोडिन् । आयशा शाक्य ६.६१ तथा प्रशंसा क्षेत्री ६.५४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता हुन् । आयशाले १३ औँ सागमा दोहोरो स्वर्ण जितेकी थिइन् ।

प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । छ दशमलव ३४ अङ्क जोड्दै आर्मीका सुजन श्रेष्ठ दोस्रो भए । मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेल र चन्द्रसूर्यका यज्ञ राईले तेस्रो स्थानमा चित्त बुझाए । महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अङ्क) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा (६.२८ अङ्क) ले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्तरूपमा कास्य जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर