पाण्डेको प्रश्न मिश्रलाई :सम्झौतापत्र नै लत्याउने हो भने अध्यक्षमा बस्न कुन नैतिकताले दिन्छ ? — OSNepal

पाण्डेको प्रश्न मिश्रलाई :सम्झौतापत्र नै लत्याउने हो भने अध्यक्षमा बस्न कुन नैतिकताले दिन्छ ?

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । विवेकशील साझा पार्टीका केन्द्रिय संयोजक मिलन पाण्डेले विवेकशिललाई थाङ्नामा सुताउने अधिकार कसैलाई नभएको बताएका छन् । आज आइतबार प्रेस विज्ञप्तिमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सम्झौतापत्र नै लत्याउने हो भने हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर बस्न सक्छौँ ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला ? सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ । हामीमध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ती मार्फत संयोजक पाण्डले अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको विधान र घोषणापत्र विपरीत काम गरेर विधान र सम्झौतालाई धुजा धुजा बनाएको आरोप समेत लगाएका छन् ।

यसरी सम्झौता नै उल्लघंन गर्ने हो भने पदमा बसिरहने नैतिकताले नदिने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर