भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्नेलाई कारवाही गर्ते गृह मन्त्रालयको चेतावनी — OSNepal

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गर्नेलाई कारवाही गर्ते गृह मन्त्रालयको चेतावनी

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नेलाई गृहमन्त्रलयले कारवाही गर्ने चेतावनी दिएको छ । गएको शुक्रबार माधव नेपाल नेतृत्वको विद्यार्थी संगठनले दाचुर्लाको घटनाको विषयलाई लिएर मोदीको पुत्ला दहन गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,यस्ता उच्श्रृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको
मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गर्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने भन्दै त्यस्तो कुरा नमान्नेलाई कारवाहीको चेतावनी समेत गरिने जारी विज्ञप्तिमा भनिएको छ ।

मित्र राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा जानकारी गराइने गृहमन्त्रालयले जनाएको छ । दाचुर्लाको जयसिंह धामीको घटनाको विषयमालाई लिएर शुक्रबार मोदीको पुत्ला दहन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर