काठमाडौँ २० भदौ । ललितपुरस्थित नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच कुटाकुट भएको छ ।
कारागारभित्र रहेको होटलको मुल्य बढाएको विषयमा विवाद हुँदा कुटाकुट भएको हो । अहिले भने विवाद साम्य भइरसकेको कारागार व्यवस्थापन विभाग जनाएको छ ।
कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको बुझिएको छ । आन्तरिक विवाद भएकाले गुनासोहरुलार्य आन्तरिक रुपमा बुझाउ कारागार प्रशासन आग्रह गरेको छ ।