प्रधानमन्त्री र कुलमान घिसिङ विरुद्ध परेको रिट आज हेर्न नभ्याइने — OSNepal

प्रधानमन्त्री र कुलमान घिसिङ विरुद्ध परेको रिट आज हेर्न नभ्याइने

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । निवर्तमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिट आज आइतबार सर्वोच्च अदालतमा सुनुवाई
भएन । घिसिङ विरुद्धको उक्त रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने थिए ।

शाक्यले कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजी माग गर्दै सर्वोचचमा रिट दायर गरेका थिए । आफुलाई गैरकानुनी रुपमा पदबाट हटाएको दावी गर्दै दायर गरेको रिटमा शाक्यले आफुलाई यथावत पदमा राख्नुपर्ने बताएका छन् । शाक्यले दायर गरेको रिटमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ । शाक्यले गत साउन ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर