काठमाडौं २० भदौ । नेकपा एमालेले सभामुख र निवार्चन आयोग विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सुचीमा राखिएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारवाही गरेको सांसदको सनाखत गैरकानुनी भएको भन्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो ।