धर्मनिरपेक्षता र संघीयता खारेज गरी जनताका छोराछोरीले शासन गर्ने रराजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिर्वतन हुनुपर्छ — OSNepal

धर्मनिरपेक्षता र संघीयता खारेज गरी जनताका छोराछोरीले शासन गर्ने रराजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिर्वतन हुनुपर्छ

LC (KTM) September 05, 2021 0

काठमाडौं २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ९ख० को पार्टी कार्यालयको मनहरीमा उदघाटन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिर्वतन गर्नुपर्ने जोड दिएका थापाले धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने तर्क राखेका छन् ।

राजनीतिलाई कमाई खाने भाँडो बनाउन नहुने भन्दै करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने पनि उनले बताएका छन् ।

साथै उद्घाटन कार्यक्रममा उनले दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर भएको समेत टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर