नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलमा कसले मार्ला आज बाजी ? यसो भन्छन् नेपाल र भारतका कप्तान — OSNepal

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलमा कसले मार्ला आज बाजी ? यसो भन्छन् नेपाल र भारतका कप्तान

LC (KTM) September 05, 2021 0

काठमाडौं, २० भदौ – नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बिहीबार दुबै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । नेपालका अन्जन बिष्टले भारतीय डिफेण्डर र गोलरक्षक गूरप्रीत सिंह सन्धुबीचको समन्वय अभावको फाइदा लिँदै बल खोसेर खाली पोष्टमा गोल गरेका थिए ।

यता, भारतका अनरिद्ध थापाले गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) ले पन्च गरि क्लियर गर्न नसकेको बललाई गोल लाइन कटाएका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलरक्षक किरणले पन्च गरेका थिए । जुन बल गोल लाइनमा ड्रप हुन नपाउँदै दोस्रो हाफमा मैदान प्रवेश गरेका थापाले बराबरी गोल फर्काएका हुन् ।

भारत र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेलअघि न्युज कारखानाले प्लयर्स टु वाच तयार पारेको छ । ‘प्लेयर्स टु वाच’ मा नेपालका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) र भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहने छन् ।

किरण कुमार लिम्बु (चेम्जोङ) – नेपाल : ३१ वर्षीय कप्तान किरण भारतविरुद्धको खेलका लागि सबैको नजरमा हुनेछन् । त्यति मात्रै हैन उनको खेलको प्रस्तुतिले नेपाली राष्ट्रिय फुटबल टोलीमा सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान बनाउँने छन् । त्यसैले यो खेल किरण स्वयमका लागि महत्वपूर्ण छ । उनी आफ्नो रेकर्ड जितसहित चाहन्छन् ।

अग्लो कदका गोलरक्षक किरण भारतीय अट्याकरका लागि टाउको दुखाईको विषय बन्न सक्छन् । एन्फा एकेडेमी तेस्रो ब्याचका किरण आफ्नो क्षेत्रमा निकै चतुरताका साथ ड्युटी पूरा गर्न तयार छन् । बल नियन्त्रणमा लिन, काउण्टर बल रिलिज गर्न, मैदानमा आफ्नो खेलाडीलाई गाइड गर्न निकै सिपालु छन् गोलरक्षक किरण ।

पहिलो मैत्रीपूर्णमा गोलरक्षक किरणले पूरा समय खेलेका थिए । कप्तान किरणले नेपाली गोलपोष्ट समाल्दा भारतीय कप्तान सुनिल क्षेत्री, मानवीर सिंह, अनिरुद्ध थापाजस्ता खेलाडीलाई टाउको दुखाईको विषय बन्न सक्छ । किरणसँग घरेलु लिगसहित भारतीय आई लिग, माल्दिभ्सको धिवेही लिग खेलेको अनुभव छ ।

सुनिल क्षेत्री – भारत : पहिलो खेलमा बराबरीमा रोकिएपछि भारत दोस्रो खेलमा नेपालविरुद्ध केही दबाबमा छ । पहिलो खेलमा पूर्ण रुपमा फिनिसिङमा चुकेको भारत कप्तान सुनिल क्षेत्रीको भरमा हुनेछ । भारतको चाहना भनेकै ३७ बर्षीय कप्तान सुनिल लयमा फर्कनु हो । यदि सुनिल लयमा आएभने नेपाली डिफेण्डरलाई समस्या हुनेछ ।

लामा सट प्रहार गर्न, सेटपिसमा गोल गर्न, विपक्षी डिफेण्डरलाई सहजै बिट गर्नु सुनिलको खुबी हो । सुनिल भाईचुङ भुटियापछि १०० गोल गर्ने दोस्रो भारतीय खेलाडी हुन् । भारतले सन् २०१७ मा म्यानमारविरुद्ध ६४ वर्षपछि जित निकाल्दा सुनिल निर्णायक गोलकर्ता हुन् । सुनिल देशको लागि सर्वाधिक गोल गर्ने खेलाडीमा विश्वमै १३ औं स्थानमा पर्छन् ।

हाल बैंगरुलु एफसीबाट ब्यवसायिक फुटबल खेलिरहेका सुनिलसँग भारतीय आई लिग र सुपर लिगसहित युरोपका विभिन्न लिग खेलेको अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर