काठमाडौँ २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासलाई तोकिएको छ । एमालेले कारवाही गरेका माधव नेपाल सहित १४ जना सांसदको सनाखत गैरकानुनी भएको भन्दै अोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका थिए ।
कारवाही गरेको सांसदहरुको नामवाली सभामुख अग्निप्रसाद सापकोटा सार्वजनिम नगरेको भन्दै सभामुख विरुद्ध पनि ओलीले रिट दायर गरेका हुन् ।