नेकपा एकीकृत समाजवादीले दियो नेताहरुलाई आ - आफ्नो जिम्मेवारी — OSNepal

नेकपा एकीकृत समाजवादीले दियो नेताहरुलाई आ – आफ्नो जिम्मेवारी

LC (KTM) September 05, 2021 0

काठमाडौँ २० भदौ । नवर्निमित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ ।राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

नेकपा एकीकृत समाजवादीले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशिका अनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल रहेक छन् । त्यसैगरी स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश बाहेक छ प्रदेशको लागि इन्र्चाजको पनि चयन गरिएको छ ।

प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह , बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने,गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वालालाई तोकिएको छ । साथै सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

त्यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा , राजेन्द्र पाण्डे, र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने जीवनराम श्रेष्ठ ,विरोध खतिवडा, ठगेन्द्र पुरी र कल्याणी खड्कालाई तोकिएको छ ।

यसैगरी पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा डा। गंगालाल तुलाधर, प्रमेश हमाल, डा। विजय पौडेल, जयन्ती राई ,जीवनराम श्रेष्ठ रराजेन्द्र पाण्डे, रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।

उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा। विजय पौडेल छन् । डा। विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर