नेपाल प्रहरीको सक्रियतामा २४ घण्टामा २१३ वटा अक्सिजन सिलिण्डर सङ्कल — OSNepal

नेपाल प्रहरीको सक्रियतामा २४ घण्टामा २१३ वटा अक्सिजन सिलिण्डर सङ्कल

LC (KTM) May 19, 2021 0

काठमाडौँ, ५ जेठ – नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २१३ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरिएको छ । तीमध्ये १४७ वटा भरिएका र ६६ वटा खाली सिलिण्डर रहेका छन् । सङ्कलन गरिएकासहित आज ३२८ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ देखि आजसम्म नौ हजार ३५३ वटा सिलिण्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्ने
प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख÷उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग आज गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालयलाई कोरोना संङ्क्रमण नियन्त्रणका लागि रु पाँच लाखका दरले सवै जिल्लामा रकम पठाइने तयारी भइरहेको जानकारी दिनुभयो । बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ र स्वास्थ्य कार्यालयका प्रमुखले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर