कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा जारी — OSNepal

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा जारी

LC (KTM) May 19, 2021 0

कास्की – कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्ने
प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख÷उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग आज गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालयलाई कोरोना संङ्क्रमण नियन्त्रणका लागि रु पाँच लाखका दरले सवै जिल्लामा रकम पठाइने तयारी भइरहेको जानकारी दिनुभयो । बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ र स्वास्थ्य कार्यालयका प्रमुखले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर