६१ पदाधिकारी रहेको जुम्लामा ५८ ले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, अब मात्र ३ जनाको सनाखत बाँकी — OSNepal

६१ पदाधिकारी रहेको जुम्लामा ५८ ले रोजे नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, अब मात्र ३ जनाको सनाखत बाँकी

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । जुम्लामा ५८ जना पदाधिकारीले नेकपा एमाले परित्याग गरेका छन् । पार्टी परित्याग गरेका उनीहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

कुल ६१ जना जिल्ला कमिटि रहेको जुम्लामा अब मात्र तिन जना रहेका छन् । उनीहरुले कता जान्छन् यो स्पष्ट पारिएको ५ छैन । आज एक कार्यक्रम मार्फत उनीहरुले एमाले परित्याग गरेर नेकपा एस पार्टी रोजेका हुन् ।

गत भदौ नौ गते दलको मान्यता दिएको निवार्चन आयागले दल रोज्न स्थानिय पदाधिकारीहरुलाई भदौ २२ गतेसम्मको समय दिएको छ । एमाले पार्टी परित्याग गर्नेमा प्रदेश सांसद पदमबहादुर रोकाया पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर