चीनले नेपाली भुमि नमिचेको दावी गरेका गुरुङले भने- चीनसँग सम्बन्ध बिगार्न सरकारले अध्ययन समिति बनायो — OSNepal

चीनले नेपाली भुमि नमिचेको दावी गरेका गुरुङले भने- चीनसँग सम्बन्ध बिगार्न सरकारले अध्ययन समिति बनायो

LC (KTM) September 04, 2021 0

काठमाडौं १९ भदौ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रमुख सचेतक देव गुरुङले चीनले नेपाली भुमि नमिचेको बताएका छन् ।

छिमेकी राष्ट्र चीनसँग भएको सम्बन्ध बिगार्न सरकारले हुम्लामा चीनले नेपाली भूमि मिचेको भनेर अध्ययन समिति बनाएकोमा आपत्ति जनाएका छन् । नेता गुरुङले हिजो राति एक कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

चीनले नेपाली भूभाग नमिचेको दावी गरेका उनले यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको जनाएका छन् । नेपाली भुमि चीनले मिचेको भनेर कुनै प्रमाण नभेटिएको बताएका उनले आफुहरु तथ्यमा आधारित भएर मात्र अहगाडी बढ्ने बताएका छन् ।

सरकारले बनाएको अध्यक्ष समितिले दुई राष्ट्रबिचको सम्बन्ध मात्र बिग्रने नेता गुरुङले उक्त कार्यक्रममा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर