दैलेख १९ भदौ । दैलेखमा १९ वर्षीया किशोरीलाई नेपाली कांग्रेसको वडा समिति सभापतिमा निर्वाचित गरिएको छ ।
हिजो शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा लेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।
सत्तारुढ दल कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो । १९ वर्षीया स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् ।