पार्टी त्याग गरेका गौतममाथि सुर्य थापाको टिप्पणी : आफ्नै इतिहास समेत संकटको भीरको डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे — OSNepal

पार्टी त्याग गरेका गौतममाथि सुर्य थापाको टिप्पणी : आफ्नै इतिहास समेत संकटको भीरको डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे

LC (KTM) September 04, 2021 0

काठमाडौं १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता सूर्य थापाले एमाले पार्टीाबाटै राजीनामा दिएका नेता बामदेम गौतमको विषयमा कडा टिप्पणी गरेका छन् ।

हिजो शुक्रबार साँझ पार्टी नै त्याग गरेर सम्पुर्ण पदबाट राजीनामा दिएका गौतम एकैदिनमा तीनथरी कुरा गरेर हिड्ने भन्दै नेता थापाले आलोचना गरेका हुन् ।

उनले समाजिक सञ्चाल मार्फत भनेका छन् , बिहान घरबाट निस्किँदा नेकपा९माले०को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताको हिसाबले यिनी पुषपकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्;
‘उनी एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा९माले०को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताको हिसाबले यिनी पुषपकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्।

२०५४-५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो ? यही कारण अन्ततस् नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)को एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे ? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ? सही उत्तर मिलाउनुहोस ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर