प्रदेश २ मा जसपाको संसदीय दलको बैठक सुरु , यस्तो छ एजेण्डा — OSNepal

प्रदेश २ मा जसपाको संसदीय दलको बैठक सुरु , यस्तो छ एजेण्डा

LC (KTM) September 04, 2021 0

जनकपुरधाम १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदश २ मा संसदीय दलको बैठक सुरु भएको छ ।

आज शनिबार जनकपुरधाम शिव चोकस्थित होटेल वेलकममा आफ्नो पक्षमा सांसद राख्न संसदीय दलको बैठक सुरु गरिएको हो । समसामयिक विषयमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शिर्ष नेताहरुको सहभागिता रहेको छ ।

पार्टीलाई थप मजबुद बनाउन र समसामयिक विषयमा बैठक बोलाइएको सहभागी एक नेताले बताएका छन् ।

तत्कालीन समाजवादी फोरमका ३० र राजपाका २५ गरी प्रदेश २ प्रदेशसभामा जसपाका ५५ सांसद रहेकामा १० जना सांसद भने खुलेर जसपामा देखा परेका छन् ।

अन्यलाई पनि आफ्नो पक्ष बनाउन यति बेला यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर जनकपुरमा छन् । १२ जनाले लोसपामा आफ्नो सनाखत गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर