सरकारलाई पुर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट वार्ता — OSNepal

सरकारलाई पुर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट वार्ता

LC (KTM) September 04, 2021 0

काठमाडौँ १९ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेट वार्ता भएको छ ।

दुई शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सरकालाई चाँडो पुर्णता दिने विषयमा भेट वार्ता भएको हो । सरकार बनेको झण्डै दुई महिना लागिसक्दा पनि सरकारले पुर्णता पाएको छैन ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा बनेको नयाँ सरकारले सरकारलाई भने पुर्णता दिन सकेको छैन ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएपछि नेपालले भदौ २३ यता मन्त्रिपरिषद् विस्तार नहुने बताइसकेका छन् ।

हिजो शुक्रबार भने सत्ता गठबन्धनका तीन नेताहरूबीच वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर