पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा — OSNepal

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा

Kesh Karki (USA) September 04, 2021 0

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गर्नुभएका थापाले शुक्रबार नै कार्यालयमा गई पदबहाली गर्नुभएको छ । कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिनुभएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न गुरुयोजनालाई अन्तिम रुप दिने उहाँको प्रतिबद्धता छ । पशुपति क्षेत्रको गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर